सोमवार, श्रावण २५ गते २०८३

नेपालमै खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिइने

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले यदि कुनै कम्पनीले नेपालमै खोप उत्पादन गर्न चाहेमा त्यस्ता कम्पनीलाई प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको छ । 

कोरोना महामारीबाट बच्न एक मात्रै उपाय मानिएको खोप हाल नेपालमा विभिन्न देशहरुबाट आयात गरी लगाइँदै छ । तर अब भने नेपालले पनि अब नेपालमै खोप उत्पादन गर्न चाहने विदेशी कम्पनीलाई स्वीकृति प्रदान गर्नेगरी यस्तो निर्णय गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार