मंगलवार, आश्विन २० गते २०८३

उपनिर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ । 

आयोगले मंगलबार उम्मेदवारको नामावली सार्बजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्बजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ । 

आयोगले आज बिहान ९ बजेदेखि अपराहन्न १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ ।  त्यस्तै आयोगले आज अपराहन्न १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्ने जनाएको छ ।  त्यस्तै आजै आयोगले आजै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ । मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार