काठमाडौं । गायक जोसेफ शाही ठकुरी र भ्वाइस अफ नेपालका चर्चित प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा ’जिन्दगीले घुमायो’ बोलको गीत सार्वजनिक भएको छ । जोसेफ शाही अफिसियल युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको शब्द गायक जोसेफले नै लेखेका हुन् ।
गीतमा करणराज कार्कीको संगीत र देवेश राईको संगीत संयोजन छ । गीतको भिडियोमा रत्न डंगोल, राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय रहेको छ । वसन्त कुँवरको छायाँकन तथा बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको रंग संयोजन छ ।
गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनी सम्पादन किशोर थापाले गरेका हुन् । गायक जोसेफ शाहीको पियारी गीतले निकै दर्शक श्रोताको मन जितेको थियो ।