काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई अक्षम भनेर प्राधिकरणबाट हटाउन नपाइने धारणा राखेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक बाटो दिइए प्राधिकरण छाड्न तयार भएको तर अक्षम भनेर निकाल्न खोजिए शैह्य नहुने बताएका हुन् ।
साथै उनको राजिनामा मागिएको भन्ने सम्वन्धमा हालसम्म आफुलाई राजीनामाको अनुरोध वा निर्देशन कहिँकतैबाट नआएको दावी गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिन निर्देशन दिएसँगै शाक्यले यस्तो बताएका हुन् । देउवाले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा ल्याउन निर्देशन दिएका छन् ।