मंगलवार, आश्विन २० गते २०८३

प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय

सोमवार , मंसिर १०, २०८१

काठमाडौँ । प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको हो । 

यसअघि आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको थियो । 

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार