आइतवार, कार्तिक ९ गते २०८३

बँदेल धपाउन छाडिएको करेन्टमा परेर दाजुभाईको मृत्यु

बिहिवार , श्रावण २१, २०७८

काठमाडौं। बैतडीको सुर्नया गाउँपालिकामा जंगली बँदेलको लागि छाडिएको करेन्ट लागेर दाजुभाईको मृत्यु भएको छ। 

गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बँदेलको लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।  दुबैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार