काठमाडौं । बलिउड नायिका तापसी पन्नुले नायिकाले पारिश्रमिक बढाउँदा उसको करिअरमा समस्या सुरु हुने बताएकी छिन् । बलिउडमा नायक र नायिकाविच हुने पारिश्रमिकको भिन्नताको बारेमा निरन्तर आवाज उठाइरहेकी यस विषयमा पुन गुनासो पोखेकी हुन् ।
चलचित्र ‘हसिना दिलरुबा’को प्रमोशनका क्रममा कुराकानी गर्दै तापसीले यदि कोही नायकले पारिश्रमिक बढाउँदा त्यसलाई उसको सफलताको संकेतको रुपमा हेरिने तर नायिकाले पारिश्रमिक बढाउँदा भने यसलाई ‘मुश्किल’को रुपमा हेरिने उल्लेख गरिन् ।
तापसीले आफुसंगै करिअर सुरु गरेका नायकहरुको पारिश्रमिक आज आफ्नो भन्दा ३ देखि ५ गुणा बढी रहेको खुलासा गरिन् । उनले नायिकाहरुको क्रेज बढ्न थाल्दा यो भिन्नता अझै बढ्न थालेको पाइएको पनि बताइन् ।
उनले, दर्शकले पनि महिला केन्द्रित चलचित्रलाई खासै महत्व नदिएको गुनासो गरेकी छिन् ।
तापसीले दर्शकसँग पनि गुनासो गर्दै भनेकी छिन्–‘दर्शकले पनि नायकको जस्तो नायिका मुख्य भूमिकामा रहेको चलचित्रलाई सेलिब्रेट गर्दैनन् । जसका कारण, महिला केन्द्रित चलचित्रले बक्स अफिसमा आशातित व्यापार गर्न नसकेको बताइन् ।