काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सहकारीको निक्षेप अपचलन आरोपमा साई स्वागतका कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवैजनालाई बिजुली बजारबाट पक्राउ गरेर अदालतबाट म्याद लिइएको हो ।
अदालतले दाहाललाई पनि ५ दिन थुनामा राख्न अनुमति दिएको छ । जंगम सो सहकारीको पूर्वअध्यक्ष हुन्।