बुधवार, आश्विन २८ गते २०८३

धनुषामा महिलाको हत्या गरेर गाडेको शव उत्खनन्

बिहिवार , पौष ११, २०८१

काठमाडौं ।  धनुषामा हत्या गरेर गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।  मिथिला नगरपालिका ३ हरिहरपुरस्थित मुसहरी टोल निवासी ५० वर्षीया रेशमीदेवीको शव फेला परेको हो। 

उनको शव आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।रेशमीदेवीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै पति ५५ वर्षीय दशैया मुखिया बिनलाई पक्राउ गरेको छ। 

गएको मंगलबार रातिदेखि हराइरहेकी रेशमीदेवीको खोजतलास गर्ने क्रममा बुधबार साँझ गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए। 



प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार