बिहिवार, आश्विन १५ गते २०८३

मासु पसलबाट ल्याएको कुखुराको मासु खाएपछि एक जनाको मृत्यु, तीन बिरामी

आइतवार , पौष १४, २०८१

काठमाडौँ । अछाममा मरेको कुखुराको मासु खाएपछि एक जनाको मृत्यु भएको छ । त्यस्तै सोही कुखुराको मासु खाएका तीन जना बिरामी भएका छन् । 

कमलबजार नगरपालिका ३ बयलाका १५ वर्षीय कमल विकको आइतबार मृत्यु भएको हो । विकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाए मासु खाएपछि बिरामी भएका विकको आइतबार मृत्यु भएको जनाइएको छ ।

 कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम विक, उनकी १४ वर्षीय नातिनी सीता विक र नाति ९ वर्षीय विकास विक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दुःख्ने, बान्ता गर्ने लगायतका स्वास्थ समस्या देखिएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार