आइतवार, श्रावण २४ गते २०८३

जीवेशको ‘ससुराली जाने हो’लाई युट्युबमा राम्रो भ्यूज

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं। लोकप्रिय कलाकार जीवेश सिंह गुरुङको आवाजमा ‘ससुराली जाने हो’ बोलको गीत सार्वजनिक भएको छ।

जीवेशले गीत आफ्नै युट्युब च्यानल जीवेश म्यूजिक बाट सार्वजनिक गरेका हुन्। गीतमा स्वर, शब्द, संगीत पनि गुरुङकै रहेको छ। जीवन बडूले एरेन्ज गरेको गीतको भिडियामा पनि जीवेशसहित अन्य कलाकारको अभिनय छ।

भिडियोमा जीवेश, बीनु अधिकारी, प्रवेश सिंह, रोशन पाण्डेले अभिनय गरेका छन्। गीतको भिडियोलाई जीवेश आफैले निर्देशन गरेका छन्। अगस्ट १ तारिक युट्युबमा सार्वजनिक भएको यो गीत अहिलेसम्म साढे ८ लाख बढि पटक हेरिएको छ।

भिडियोमा १३ सय बढिले कमेण्ट गरेका छन्। भिडियोमा ४३ हजारले लाईक गर्दा १ हजारले मात्रै डिस्लाईक गरेका छन्। अधिकांस प्रतिक्रियाहरु सकरात्मक रहेको देखिन्छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार