काठमाडौँ। इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ। कालो झोलामा राखिएको कुकरमा राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा रहेको प्रहरीले जनाएको छ ।
स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको इटहरी प्रहरीले जनाएको छ ।
बिहान इटहरी उप महानगरपालिका अगाडी शङ्कास्पद बस्तु फेला परेको थियो ।