बुधवार, आश्विन २८ गते २०८३

बस पल्टिँदा शसस्त्र प्रहरी निरीक्षकको मृत्यु

बुधवार , पौष १७, २०८१

काठमाडौं । सर्लाहीमा तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। 

मंगलबार राति बलरा नगरपालिका ९ छतौनास्ठित बोर्डर आउट पोष्ट अगाडि ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस ठोक्किदा उनको मृत्यु भएको हो। 

गएराति करिब नौ बजे बागमती प्रदेश ०१-००६ख २००४ नम्बरको बस पल्टिएर थिच्दा उनको मृत्यु भएको हो। रौतहटको बडहरवाबाट सर्लाही हुँदै काठमाडौँ जाँदै गरेको बस पल्टिएर सशस्त्र प्रहरीको क्याम्प अगाडि   तुलाधरसँग बजारिँदा मृत्यु भएको हो।

सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालका अनुसार बसले थिचेर गम्भीर घाइते भएका उनलाई डोजरको सहायताले त्यहाँबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।  

प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ। ४२ वर्षीय तुलाधरको शव अहिले प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार