बुधवार, आश्विन २८ गते २०८३

बर्दिबासमा विष पिएका तीन छात्रामध्ये एकको मृत्यु

बुधवार , पौष १७, २०८१

काठमाडौं । महोत्तरीको बर्दिबासमा विष सेवन गरेकी एक छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–१० घर भएकी १६ वर्षीय रिंकु शर्मा रहेकी छन् ।

रिंकुसँगै अन्य दुई जना महोत्तरीको मनरासिसुवा नपा–२ घर भएकी १७ वर्षीय उषा पण्डित र सिराहा धनगढी नपा–११ घर भएकी १९ वर्षीय सञ्जु यादवले पनि विष पिएका हुन् । पुस १५ गते विष सेवन गरेका तीनै जना माइस्थान जङ्गलमा अचेत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महोत्तरीका एसपी नुकल पोखरेलका अनुसार उषा र सञ्जुको भने शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको  छ ।

उनीहरू बर्दिबास स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका जियोमेट्रिक इन्जिनियरिङका विद्यार्थी हुन् । परीक्षा बिग्रेको भनेर उनीहरूले जङ्गलमा गएर विष सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार