काठमाडौँ । नवलपरासी पश्चिमको सुनवलमा उद्योग परिसरमा क्रेनले किच्दा एकजना मजदुरको मृत्यु भएको छ।
सुनवल नगरपालिका ७ चारपालास्थित लक्ष्मी स्टिल उद्योग परिसरमा भएको दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका ५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।
उनी सोही उद्योगमा कार्यरत मजदुर हुन्। उद्योगभित्र काम गरिरहेको अवस्थामा अचानक चप्पल चिप्लिँदा उनी लडेका थिए। सोही क्रममा उद्योगको सामान ओसार्ने लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा उनी गम्भीर घाइते भएका थिए।