आइतवार, कार्तिक ९ गते २०८३

रोजगारीका लागी भारत हिँडेका एक युवाको बाटोमै मृत्यु, हत्या भएको भन्दै आफन्तको प्रदर्शन

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । कैलालीबाट रोजगारीको सिलसिलमा भारत गएका एकजनाको मृत्यु भएको छ । साउन १५ गते धनगढीबाट पशुपति टुर एण्ड ट्राभल्समार्फत भारतको बैंग्लोर गएका कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपति आचार्यको बाटोमै मृत्यु भएको हो ।

पशुपतिले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको ट्राभल्सका सञ्चालक दीपक विष्टको दाबी छ । मृतकका आफन्तले भने उनको हत्या भएको दाबी गरेका छन् । उनीहरुले  उनि हाम फालेर मृत्यु भएको नभई हत्या भएको भन्दै धनगढीको बसपार्कमा रहेको ट्राभल्सको कार्यालयमा ढुंगामुडा गरेका गरेका छन् ।

उनी भारत हिँडेको चार दिनपछि साउन १९ गते मृत्युको भएको खबर गरिएको कैलाली प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बसबाट हाम फालेको खबर प्राप्त भएको र त्यसबारे अनुसन्धान भइरहेको बताए । मृतकको शव नेपाल ल्याउने कार्य भैरहेको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार