बुधवार, आश्विन १४ गते २०८३

न्यूरोडमा ट्याक्सी चालक र नगरप्रहरीबीच घम्साघम्सी

आइतवार , पौष २१, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी र ट्याक्सी ड्राइभरबीच घम्साघम्सी भएको छ । न्यूरोडको इन्द्रचोकमा नो पार्किङमा ट्याक्सी पार्किङ गरेको भन्दै महानगरको नगर प्रहरी र ट्याक्सी ड्राइभरबीच आज दिउँसो घम्साघम्सी भएको हो ।

नगरप्रहरीले  ट्याक्सी चालकमाथि कुटपिट गरि नियन्त्रणमा लिएको  ट्याक्सी चालकहरुको दाबी छ । क्षेत्राधिकार भन्दा बाहिर गएर नगरप्रहरीले कुटपिट गर्नुको साथै चालकलाई नियन्त्रणमा लिएको भन्दै ट्याक्सीचालक मजदुरहरूले न्युरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार