काठमाडौँ । नेपालको पश्चिमी क्षेत्रमा पानी पार्ने बादल भित्रिन थालेको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पानी पार्ने बादल भित्रिएको हो ।
आज राति सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि भने पूर्वदेखि पश्चिमसम्म नै हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।