काठमाडौँ । अराजक स्वभाव भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेताहरुलाई तथानाम गालि गरेर बेला बखत खबै चर्चामा आउने गर्छन । प्रसाईंले आफूलाई बाघ नै ठान्छन् । प्रसाईं अरु नेताको भन्दा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा प्रधानमन्त्री ओलीको पछि हात धोएरै लाग्छन् ।
जसको नतिजामा प्रसाईंलाई प्रधानमन्त्री ओलीले जेलको हावा खुवाइ दिए । दुर्गा प्रसाईं साइबर अपराधमा दुई पटक पक्राउ परिसकेका छन् ।
पहिलो पटक एक महिलाको चरित्र हत्या गरेको आरोपमा गत असोज ६ गते र अर्को पटक प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा गत मंसिर ४ गते प्रसाईँ पक्राउ परेका हुन् । मंसिर २७ गते विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परे ।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले बताएका थिए । प्रधानमन्त्री ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परे ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र्र फुयललाई प्रयोग गरेर धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । तर, पछि पुस ५ गते प्रसाईंलाई सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार रिहा गर्न आदेश दियो। प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए। सोहीको सुनुवाईमा उनी छुटेका हुन् ।
यसैबीच हिजो मात्रै भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई ३ लाख धरौटीमा छाड्न आदेश दियो । प्रसाईं पनि तिन लाख ब्यागमा बोकेर अदालत पुगे ।
अनि धरौटी बुझाएर अदालतको गेट बाहिर पुग्दा थोरै समर्थकको साथ पाएपछि उत्साहित बनेका दुर्गा प्रसाईंले प्रहरीलाई नै माला लगाइदिए । फेरि तपाई मलाई चाहिने मान्छे हो यार भन्दै उनले प्रहरीलाई नै माला लगाएका हुन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । एक थरिले दुर्गा प्रसाईंले माला लगाएर प्रहरीलाई ठिकै गर्यो भनिरहेका छन् । भने, अर्को थरिले हावा दुर्गा प्रसाईँ भनेर गालि गरिरहेका छन् ।