आइतवार, श्रावण २४ गते २०८३

रविलाई निकिताले लगाइदिइन्  इजलासमै टीका

सोमवार , पौष २९, २०८१

काठमाडौं । थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा निकिताले  रवि लामिछानेलाई टीका लगाइदिएकी छन् । रविलाई आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत कथा आरम्भको रातो टीका पत्नी निकिता पौडेलले  लगाइदिएकी हुन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति लामिछानेको थुनछेक बहस जारी छ ।न्यायाधीश माधवप्रसाद अधिकारीले सरकारी वकिललाई दुई घण्टा समय उपलब्ध गराएका थिए । तर उनीहरुले दुई घण्टाभन्दा बढी समय माग गरेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

हिजो थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको हो । आज बिहान अदालत खुलेपछि उनलाई प्रहरीले इजलासमा उपस्थित गराएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार