काठमाडौं। लोकप्रिय कलाकार चिरञ्जीवी सापकोटाको अभिनय रहेको ‘भाग्यमा नभएको मान्छे’ को फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ। भिडियोमा कलाकार सापकोटाको केहि फरक अभिनय देख्न सकिन्छ।
यसअघि विभिन्न क्यारेक्टरमा आफ्नो अभिनय गरेका सापकोटाले यस भिडियोमा पनि फरक क्यारेक्टरमा अभिनय गरेका छन्। गीतको भिडियोमा चिरञ्जीवि खलपात्र बनेका छन्।
उनले आफुले मन पराएको मान्छेले अर्कैसंग विवाह गरेपछि छोरीको अपहरण गरेको अभिनय देख्न सकिन्छ। यो गीत अहिले युट्युबको ट्रेन्डिङमा समेत छ। यो गीत युट्युबको ट्रेन्डिङको म्युजिक तर्फको ९ नम्बरमा रहेको छ।
गीतमा बिशाल निरौलाको शब्द र संगित छ। एलिना चौहानको स्वर छ। भिडियो लाई सिर्जन बरालले निर्देशन गरेका हुन्। भिडियोमा सापकोटा, रोश्नी कार्की, समीर खान, बाल कलाकार आराध्या आएल डिसि, लगाएत कलाकारको अभिनय छ।