मंगलवार, आश्विन २७ गते २०८३

कैलालीका ४० वर्षीय फुलराम चौधरीको मृत्यु

बिहिवार , माघ १७, २०८१

काठमाडौं । कैलालीमा नालामा लडेको अवस्थामा एक जना भेटिएका छन् । हिजो साँझ गौरीगंगा नगरपालिका-२ को मोन्यालस्थित बेहेडाबाबा सडकखण्डमा ४० वर्षीय फुलराम चौधरी लडेको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा लडेको भेटिएका चौधरीलाई उपचारका लागि निसर्ग हस्पिटल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

स्रोतका अनुसार चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार