मंगलवार, आश्विन २७ गते २०८३

अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु

बिहिवार , माघ १७, २०८१

काठमाडौं । अछामको कमल बजार नगरपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका-५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार