आइतवार, श्रावण २४ गते २०८३

गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक

मंगलवार , माघ २२, २०८१

काठमाडौं । गायिका ईश्वरी बरालको गीत  ‘नैना रेशम’ सार्वजनिक भएको छ । बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका छन् । नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका थिए ।

जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय रहेको छ । नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको यस भिडियोको छायाङ्कन उत्तम हुँमागाईंले गरेका छन् भने सम्पादन विकास ढकालले गरेका छन् ।

सञ्चारकर्मीसमेत रहेकी गायिका बरालले यसअघि माया छ कि छैन, खानदानी छोरी, हरेक रात सपनीमा, नरिसाउन होइ लगायतका गीत गाइसकेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार