मंगलवार, आश्विन २७ गते २०८३

सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौं । आज पूर्व-पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका-७ मा ट्रकसँग ‘पिकअप भ्यान’ ठोक्किँदा दुर्घटना भएको हो । ट्रकका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको घट्नास्थलमा मृत्यु भएको हो । पिकअप भ्यानका चालक दुधौली नगरपालिका-१४ का सागर सुनारको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ ।

यसैगरी, धनगढीमाइ नगरपालिका-१० कसहाबाट लहानतर्फ गइरहेको टिप्परले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ का ५७ वर्षीय अजबलाल साह रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार