आइतवार, श्रावण २४ गते २०८३

एका बिहानै ज्योती मगरले दुर्गेश थापालाई संकेत गर्दै भनिन्– ति भाईको कलाको सम्मान होस्

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं ।  गायिका ज्योती मगर र गायक दुर्गेश थापाको विवाद सतहमा आएका बेला अर्को बयानबाजी बुधबार फेरि आएको छ। गायिका मगरले बुधबार गायक थापलाई संकेत गरेर सामाजिक सञ्जालमा स्ट्याटस लेखेकी हुन्। 

नेपालगञ्ज र दाङ महोत्सवको सन्दर्भ जोडदै गायिका मगर लेख्छिन्,‘केही बर्ष अगाडिको एउटा घटनाले गर्दा नेपालगन्जको डनहरुदेखि दाङका डनहरुलाई गुहार माग्दै सम्पुर्ण शक्ति प्रयोग गर्दा पनि दाङको तुल्सिपुर महोत्सवमा दाङबासीहरुले हेलिकप्टर बस्न नदिएको कुराले ब्यक्तिगत रुपमा खेद प्रकट गर्दछु।’

गायिका मगर अगाडि थप्छिन्,‘एउटा कलाकारको ब्यक्तित्व र आचरण जतिसुकै  खराब भए पनि कलाकारको कलालाई सम्मान गर्नुपर्छ र गरि खान दिनुपर्छ भन्ने मेरो मान्यता हो। सम्पूर्ण दाङबासीहरुलाई पुरानो कुरा बिर्सिन र ति कलाकार भाइलाई अझै अगाडि बढ्न शुभकामना छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार