शुक्रवार, आश्विन १६ गते २०८३

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट

मंगलवार , श्रावण २६, २०७८

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ। विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज विहान साढे ९ बजे आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीको आईपीओ भाग्यमानी ६८ हजार ४७४ जना आवेदकहरुले १० कित्ताका दरले प्राप्त गरेका छन् भने यी मध्य ६ जनाले थप एक कित्ता अर्थात बढीमा ११ कित्ता शेयर हात पारेका छन् । 

कम्पनीको आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाको आवेदन परेकोमा रितपूर्वक नभएको भन्दै २ हजार ८४३ जनाको आवेदन रद्ध भएको विक्री प्रबन्धकको भनाई छ । 

योग्य २० लाख ६५ हजार १२४ जनालाई बाँडफाँटमा सहभागी गराई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार