काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक स्वेतपत्र जारी गरे । उनले श्वेतपत्र जारी गर्दै देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिएका छन् । संसदमा आर्थिक स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६÷७७मा २ खर्ब १६मा पुगेको स्मरण गराए ।
‘आर्थिक वर्ष २०७७÷७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको स्वेतपत्रमा भनेका छन् । उनले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको बताएका छन् । आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुशासन थिथोलिएको शर्माले स्वेतपत्रमा उल्लेख गरेका छन् ।