आइतवार, श्रावण २४ गते २०८३

आज विश्व मूर्ख दिवस, किन मनाइन्छ मुर्ख दिवस ?

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । आज अप्रिल १ तारिक अर्थात् ‘विश्व मूर्ख दिवस’ नेपालसहित विश्वभर अरूलाई मुर्ख बनाएर मनाइँदै छ । आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ‘मूर्ख’ बनाउने गर्दछन् । ‘विश्व मूर्ख दिवस’ प्रत्येक वर्ष १ अप्रिल (चैत्र १९-२०) मा मनाइने गरिन्छ । 

पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थालेका हुन् । यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ । सबैले एक अर्कालाई मूर्ख बनाउने अवसर खोजिरहेका हुन्छन् । आज मानिसहरूले साथीभाइ, परिवार, सहकर्मी वा अरू व्यक्तिलाई झुक्याउने, ठट्टा गर्ने तथा रमाइलो गर्ने र फोनमा म्यासेज मार्फत वेबकूफ बनाउने गर्दछन् । ‘अप्रिल फूल’ दिवस विभिन्न देशहरूमा विभिन्न तरिकाले मनाइन्छ । मुर्ख दिवसलाई अप्रिल फूल अर्थात् ‘फुलिस डे’ को नामले पनि चिनिन्छ । अप्रिलफुल पश्चिमी सभ्यतामा सबैभन्दा लोकप्रिय गैरधार्मिक पर्वका रुपमा रहेको पाइन्छ । अप्रिल १ मा मानिसलाई झुक्याउने वा मूर्ख बनाउने प्रचलन धेरै वर्षदेखि चलिआएको छ । आजको समयमा, यो दिवस संसारभर मनाइने गरिन्छ ।

तर यसको सुरुवातको कुरा गर्ने हो भने सबैभन्दा पहिले यसको प्रयोग १५८२ मा फ्रान्सका राजा चार्ल्स नवौं ले जुलियन पात्रो हटाएर ग्रेगोरियन पात्रो लागू गरेका थिए । पहिले नयाँ वर्ष मार्च अन्त्यतिर (२५ मार्च-१ अप्रिलमा) मनाइन्थ्यो । तर, नयाँ पात्रो अनुसार जनवरी १ लाई नयाँ वर्षका रुपमा मनाइन्थ्यो । केही मानिसले यो परिवर्तन स्वीकार गरेनन् र उनीहरूलाई अरूले ‘मूर्ख’ भनेर झुक्याउन थाले, जसले गर्दा ‘अप्रिल फूल’ मनाउने चलन त्यहाँबाट सुरु भएको पाइन्छ । मध्ययुगीन युरोपेली संस्कृतिहरूको प्रभाव केही अनुसन्धानकर्ताका अनुसार प्राचीन युरोपमा अप्रिल १ का दिन झुक्याउने खेल खेल्ने परम्परा रहि आएको थियो । स्कटल्याण्डमा यो परम्परालाई गोलोखोजी खेल भन्ने गरिन्थ्यो । 

रोमन परम्पराको सम्भावित सम्बन्ध रोमन साम्राज्यमा हिलारिया नामक उत्सव मनाइने गरिन्थ्योे, जसमा मानिसहरू मजाक गर्ने गर्दथे । आजको सन्दर्भमा हेर्ने हो भने अहिले यो दिन विश्वभर मनाइने गरिन्छ, विशेष गरी मिडिया, इन्टरनेट र सामाजिक सञ्जालमा ठट्टाजनक समाचार तथा जोक्स साझा गरिन्छ । धेरै कम्पनी तथा समाचार संस्थाहरूले नक्कली समाचार बनाएर मानिसहरूलाई रमाइलो गराउने गर्छन् । 

विश्व मूर्ख दिवस मुख्यतः रमाइलो गर्ने र हाँसो-ठट्टाको अवसरको रूपमा विकसित भएको मानिन्छ । यसको वास्तविक उत्पत्ति पूर्ण रूपमा स्पष्ट नभए पनि, क्यालेन्डर परिवर्तन, युरोपेली परम्परा, तथा पुराना सांस्कृतिक प्रथाहरूबाट प्रेरित भएको पाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार