काठमाडौं । बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै मागभन्दा २१ गुणा बढी आवेदन परेको छ।
बुधवार साझ ५ बजेसम्म ५ लाख ८१ हजार ६३३ जना आवेदकहरुबाट ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी दिएको छ।
कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो। कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहनेछ।
विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ। साथै, मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।