बिहिवार, आश्विन १५ गते २०८३

श्रीमानले गरे ६ महिने गर्भवति श्रीमतिको घाँटी थिचेर हत्या, आफैले दिए प्रहरीलाई खबर

बिहिवार , श्रावण २८, २०७८

काठमाडौं । काठमाडौंको चाबहिलमा श्रीमानले ६ महिने गर्भवती श्रीमतीको हत्या गरेका छन। 

मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षीया श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख केशव भट्टराईका अनुसार रञ्जना ६ महिनाकी गभर्वती थिईन। 

हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए।  श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको उनले बयान दिएको प्रहरीले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार