काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धार्मिक पर्यटकीय क्षेत्र त्रिवेणी धामको अवलोकन गरेका छन् ।
माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी तराई-मधेस जागरण अभियानको क्रममा आज प्रचण्डले त्रिवेणीधामको अवलोकन गरेका हुन् ।
त्यसक्रममा उनले त्रिवेणीको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना उच्च रहेको बताएका छन् । उनले धार्मिक पर्यटन प्रवर्धनमार्फत स्थानीय आर्थिक विकासमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् ।