आइतवार, श्रावण २४ गते २०८३

ई-सेवाबाट ४ हजार जनाको एक करोड चोर्न कसरी सफल भए २२ वर्षीय बुढा ?

बुधवार , बैशाख ३, २०८२

काठमाडौँ । ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

४ हजार ग्राहकको एक करोड भन्दा बढी रकम चोरी गरेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ घर भइ काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बूढा पक्राउ परेका हुन् ।

उनलाई मङ्गलबार कालिमाटीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । २२ वर्षीया बुढाले ४ हजार जनाको ई-सेवाबाट एक करोड रुपैयाँ चोर्न कसरी सफल भए ? भन्ने चासो बढेको छ ।

प्रहरीका अनुसार राहुलले विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत ‘द अलर्ट, एटी अलर्ट’ जस्ता फिसिङ लिङ्क पठाउने गर्थे र, एसएमएस मार्फत ‘द अलर्ट, एटी अलर्ट’ जस्ता फिसिङ लिङ्क पठाएका व्यक्तिहरूलाई फेरि एसएमएस गर्थे । अर्को एसएमएसबाट उनले चेतावनी दिदैँ भन्थे, ‘तपाईंको खाता सस्पेन्स हुन लागेको छ । तत्काल भेरिफाइको लागि लिङ्क खोल्नुहोस् ।’

र  लिङ्कमा जसले क्लिक गर्छ उसको  ई-सेवामा अनधिकृत रुपमा उनले पहुँच पुर्‍याएर आफ्नो खातामा पैसा ट्रान्सफर गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । ई-सेवा खाताबाट उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा एक करोड २ लाख रुपैयाँ रकम ट्रान्सफर गरेको पाइएको छ । 

पछिल्लो समय लिङ्क पठाएर खाताबाट पैसा चोर्ने चोरहरूको सङ्ख्या बढिरहेको छ । त्यसैले तपाईँहरूले पनि ई-सेवा चलाउनु हुन्छ भने कुनै पनि  मेसेज, लिङ्कमा क्लिक नगर्नुहोला । सामाजिक सञ्जालमा सक्रिय हुनेहरुले धेरै सावधानी अपनाउनु पर्ने देखिन्छ । 

 

प्रतिक्रिया
सम्बन्धित समाचार