काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारले नयाँ उचाइ चुमेको छ । आज बजार १६.४१ अंकले बढेर नेप्से परिसुचक तीन हजार एक सय ७९ को विन्दुमा उक्लिएको छ । यो नेप्से परिसूचकले चुमेको हालसम्मै उच्च विन्दुमा हो । योसँगै हिजो नेप्सेले कायम नयाँ कीर्तिमान पनि तोडिएको छ।
बिहीबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४६ अंकले बढेर पाँच सय ९१.१६ को विन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि साढे १७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये सात वटामा हरियाली छाएको छ। भने ६ वटामा रातो पोतिएको छ । आज विकास बैंक समूह सर्वाधिक ६.३७ प्रतिशतले उकालो लागेको छ ।
उत्पादन तथा प्रशोधन समूह १.४८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.४२ प्रतिशत, वित्त समूहमा १.०७ प्रतिशत, जीवन बीमा समूहमा ०.१७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा १.४७ प्रतिशतले वृद्धि भएको छ ।
आज व्यापार समूह सर्वाधिक १.५१ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १ प्रतिशतले घटेको आज जलविद्युत समूहमा ०.६३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०८ प्रतिशत, अन्य समूहमा ०.४३ प्रतिशत र लघुवित्त समूहमा ०.१ प्रतिशतले गिरावट आएको छ ।
बिहीबार नेप्सेमा सूचीकृतमध्ये दुई सय २५ कम्पनीका तीन करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा किनबेच भएका छन् ।
आज माथिल्लो तामाकोशीको सर्वाधिक ६२ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको आज साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख रुपैयाँ, एचआईडीसीएलको ४४ करोड रुपैयाँको कारोबार भएको छ।
यस्तै गरिमा विकास बैंकको ४१ करोड ५८ लाख रुपैयाँ, अपी पावरको ४१ करोड ५४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ४० करोड ६९ लाख रुपैयाँ, अरुण काबेली पावरको ४० करोड ३७ लाख रुपैयाँ, ज्योति विकास बैंकको ४० करोड २४ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको ३७ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज सात वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत र जीवन विकास लघुवित्त, को सेयरमूल्यमा १० प्रतिशत तथा युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो ।