आइतवार, श्रावण २४ गते २०८३

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

आइतवार , बैशाख १४, २०८२

काठमाडौँ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आइतबार देशभर आमालाई मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद लिने दिनका रूपमा यो पर्वलाई लिइन्छ। छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउने र मीठा तागतिला खानेकुरा खान दिई आशीर्वाद लिने चलन छ। आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार