शुक्रवार, आश्विन १६ गते २०८३

आजदेखि साहस उर्जा लिमिटेडको आईपिओ विक्रि खुला

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं । साहस उर्जा लिमिटेडले आजदेखि आईपिओ विक्रि खुला गर्दै छ।

शुक्रवारदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको हो । यो कम्पनीको प्रतिशेयर एक सय अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ प्रभावित क्षेत्र सोलुखुम्बुका बासिन्दाहरुका लागि विक्री खुला हुने छ। 

विक्री प्रबन्धकसँगै आईपीओ खरिदका लागि लोबलआईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट समेत आवेदन दिन सकिने व्यवस्था छ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ। 

आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओ छिटोमा भदौ ११ गतेसम्म विक्रीमा रहनेछ। 

उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म विक्रीमा रहनेछ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार