शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना महामारीका कारण प्रभावित उद्योग-व्यवसायले पाउने पुनर्कर्जाले निरन्तरता पायो

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं । कोरोना महामारीबाट प्रभावित उद्योग-व्यवसायलाई पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाले चालु आर्थिक वर्ष २०७८-७९ मा समेत निरन्तरता पाएको छ । महामारीबाट प्रभावित उद्योग-व्यवसायलाइ शीघ्र पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिमा गत आवमा दिइएको रकमको अधिकतम सीमा ननाघ्ने गरि यो वर्ष समेत त्यसलाई निरन्तरता दिने निर्णण भएको हो । पुनर्कर्जा लघु, घरेलु, साना तथा मझौला उद्यम-व्यवसायले प्राथमिकताका आधारमा पाउने भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार