आइतवार, श्रावण २४ गते २०८३

राष्ट्रपति पौडेलले गरे बौद्ध स्तुपाको दर्शन

सोमवार , बैशाख २९, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेलले २५६९ औं बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गरेका छन्।

सो अवसरमा राष्ट्रपति पौडेलले बौद्ध महाचैत्यको परिक्रमा गर्नुका साथै अमूल्य अस्तुधातु दर्शन गरेका थिए। बुद्धजयन्तीका अवसरमा पूजा आराधनासहित अस्तुधातु दर्शनका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित बौद्ध पुगेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार