बुधवार, आश्विन १४ गते २०८३

कस्तो रहने छ आजको मौसम ?

बुधवार , जेठ १, २०८२

काठमाडौँ । देशभर आंशिक देखि साधारण बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारण बदलीसहित एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्छ। तराईमा आंशिक देखि साधारण बदली रहनेछ। राति हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ।

यस्तै, मधेश प्रदेशमा आंशिक बदली देखि मुख्यतया सफा मौसम रहने अनुमान छ। वर्षा वा अन्य मौसमी गतिविधिको सम्भावना न्यून छ।

बागमती प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ। राति हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात र पहाडी तथा तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ।

गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। तराईमा आंशिक बदली देखि सफा रहनेछ। राति हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा, र तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ।

लुम्बिनी प्रदेशमा हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा, र तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ। तराईका एक-दुई स्थानमा हावाहुरीको सम्भावना छ। राति हिमाली, पहाडी, र तराई क्षेत्रमा आंशिक बदली देखि सफा मौसम रहनेछ।

कर्णाली प्रदेशमा हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली देखि सफा मौसम रहनेछ।

सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा, र

तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ। तराईका एक-दुई स्थानमा हावाहुरीको सम्भावना छ। राति हिमाली, पहाडी, र तराई क्षेत्रमा आंशिक बदली देखि सफा मौसम रहनेछ।

विभागले मेघगर्जन, चट्याङ, र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार