काठमाडौं । पोखरा महानगरपालिका-२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।
दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जनाएका छन् ।
बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।