बुधवार, आश्विन १४ गते २०८३

नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जनपदका सहायक हवल्दारको गालामा चड्कन हाने

बुधवार , जेठ १, २०८२

काठमाडौँ । ट्राफिक प्रहरीका इन्स्पेक्टरले जनपद प्रहरीका एक सहायक हवल्दारको गालामा चड्कन हानेका छन् ।

काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले सहायक हवल्दारलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपपमा छानबिन अघि बढाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले घटनाबारे बुझ्ने काम भइरहेको जानकारी दिए ।

भिडिओ कहिलेको हो भन्ने पनि यकिन हुन बाँकी नै रहेको छ । कुट्ने र कुटाइ खाने दुवै प्रहरी अहिले पनि नागढुंगामै रहेकाले हालसालैको जस्तो देखिए पनि कहिलेको भिडिओ हो भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार