बुधवार, आश्विन १४ गते २०८३

सतुंगलको धागो गोदाममा भिषण आगलागी, ६ वटा दमकल र ९ वटा पानी ट्यांकरबाट आगो निभाउने प्रयास

बिहिवार , जेठ २, २०८२

काठमाडौँ । काठमाडौँको सतुंगलमा रहेको चारतले घर धागो गोदाममा आगलागी भएको छ। 

चन्द्रागिरि नगरपालिका ११ सतुंगलमा रहेको धागो गोदाममा आज बिहान एक्कासी आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जनाएको छ। 

६ वटा दमकल र ९ वटा पानी ट्यांकरको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउँन बाँकी छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार