बुधवार, आश्विन १४ गते २०८३

काठमाडौँसहित देशका मध्य र पूर्वी भाग अन्धकार, खाना पकाउने समयमा बिजुली गएपछि...

बिहिवार , जेठ २, २०८२

काठमाडौँ । बिहीबार साँझ सङ्घीय राजधानी काठमाडौँसहित देशभरका अधिकांश स्थानमा बिजुली गएको छ।काठमाडौँ उपत्यकासहित देशका धेरैजसो भाग अन्धकार भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सब-स्टेसन प्राविधिक समस्या आउँदा देशभर अघोषित लोडसेडिङको अवस्था आएको हो ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सब स्टेशनमा प्राविधिक समस्या देखिँदा काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बत्ती गएको बताएका छन् ।

खाना पकाउने समयमा बिजुली जाँदा गएपछि सामाजिक सञ्जालमा भने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एकथरिले आक्रोश पोखिरहेका छन् । उज्यालो नेपालका नायक कुलमान घिसिङलाई आफ्नो स्वार्थको लागि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको भन्दै उनीहरूले ओलीमाथि आक्रोश पाखेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार