मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार,आज दिउँसो: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ।
अनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्चप हाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।