काठमाडौँ । संयुक्त राष्ट्र संघको अनुरोधमा नेपाल आगामी दिनमा १० हजारसम्म शान्ति सैनिकहरु खटाउन तयार भएको छ।
रक्षामन्त्री मानवीर राईले जर्मनीको बर्लिनमा आयोजित यूएन पिसकिपिङ मिनिस्टरियल, २०२५ मा (मे १३–१४) संबोधन गर्दै आगामी दिनमा थप शान्ति सैनिक खटाउन तयार रहेको बताएका हुन्।
हाल विभिन्न ११ वटा शान्ति मिसनहरुमा ६ हजार बढी नेपाली शान्ति सैनिकहरु खटिएका छन्। अहिले सबैभन्दा बढी शान्ति सैनिक खटाउने राष्ट्र नेपाल हो।
संयुक्त राष्ट्र संघको आह्वानमा नेपालले सन् १९५८ देखि नै शान्ति सैनिकहरु खटाउँदै आएको छ। सम्मेलनमा मन्त्री राईले राष्ट्र संघीय शान्ति स्थापना कार्य अन्तर्गत उच्च नेतृत्व तहमा समेत रही काम गर्ने अवस प्राप्त गर्ने अपेक्षा राखेको बताए।
शान्ति मिसनमा महिलाहरुको सहभागीता बढाउने कुरामा पनि नेपालले उच्च महत्व र प्राथमिकता दिई कार्यन्वयन गर्दै आएको रक्षामन्त्री राईले बताए।