शुक्रवार, आश्विन १६ गते २०८३

सानिमा लाईफको आई आईपीओ बाँडफाँड आज: भाग्यमानी हुँदैछन् ५ लाख ४० हजार

शनिवार , श्रावण ३०, २०७८

काठमाडौं। सानिमा लाईफ इन्स्योरेन्सको आईपीओ आज (शनिवार) बाँडफाँट गर्ने भएको छ।

साउन २० गतेदेखि २४ गतेसम्म विक्री गरेको आईपीओ आज बाँडफाँट गर्ने भएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटलले शनिवार ११ बजे आफ्नै कार्यालय दरबारमार्ग, काठमाडौंमा आईपीओ बाँडफाँटको तयारी गरेको हो ।

यस कम्पनीको आईपीओमा २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको छ । यी आवेदकहरुबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताको शेयर माग भएको विक्री प्रबन्धकको भनाई छ ।

कम्पनीले भने सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता शेयर विक्री गरेको हो । कल ६० लाख कित्ता शेयरमध्य ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

कम्पनीको आईपीओ भाग्य मानी ५ लाख ४० हजार आवेदकहरुले मात्र १० कित्ताका दरले प्राप्त गर्नेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार