बुधवार, आश्विन १४ गते २०८३

आज राति सातै प्रदेशमा वर्षा, चट्याङसहित हुरी चल्ने

आइतवार , जेठ ५, २०८२

काठमाडौँ । हाल  कोसी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।

अनि सातै प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती, प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसहित बाँकी तराई भूभागका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोसी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशसहित कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार