दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
यी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ।