बुधवार, आश्विन १४ गते २०८३

दक्षिण कोरियाबाट १० नेपाली निष्कासित

सोमवार , जेठ ६, २०८२

काठमाडौँ । दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन्। जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक एक जना छन्। उनीहरूलाई गत मे १६ तारिखमा कोरियन एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो ।

त्यस्तै भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई पनि निष्कासन गरिएको छ । निष्कासनमा पर्नेमा थापा, तिवारी, पुन, अधिकारी र घर्ती क्षेत्री थरका एक एक जना रहेका छन्। उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको हो ।

वैशाखको अन्तिम साता पनि एकैपटक ९ जना नेपालीलाई दक्षिण कोरियाले निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई दक्षिण कोरिया सरकारले नेपाल फर्काएको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार