बुधवार, आश्विन १४ गते २०८३

मोरङमा कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटना

सोमवार , जेठ ६, २०८२

काठमाडौं । कोशी प्रदेशका चार जना सांसद चढेको गाडी दुर्घटनामा परेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको हो ।

सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका-७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा५च ३५३० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।

बा५च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी उनले चलाइरहेका थिए । अर्को सवारीमा कोशी प्रदेशका चार सांसद सवार थिए । अर्को गाडीको चालक भेशराज श्रेष्ठ हुन् । सो कारमा कोशी सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए ।

उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । मोरङ प्रहरी स्रोतका अनुसार दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार